Aamsanchar

दाङमा लागु औषध कारोवारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

Author Image
मङ्गलवार, जेठ १७, २०७९

दाङ । दाङको घोराही उप–महानगर पालिका–१७ चौघेरामा लागु औषध बिक्री गर्दै आएका दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङ घोराही उप–महानगरपालिका–१४ का बर्ष २४ को पुजनराज कुँवर र घोराही–१५ की विष्णु बुढा मगर रहेका छन् । उनिहरुलाई आज सुवास जि.एम.को घरबाट लागु औषध ओसार पसार तथा बिक्री गरेको अभियोगमा पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता मुकुन्दप्रसाद रिजालले आजकारी दिए ।

उनिहरुको साथबाट ७.८७ प्लास्टिक सहित र ब्राउनसुगर मात्र ६ ग्राम बरामत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 429

प्रतिक्रिया (०)

सम्बन्धित खबर