नेदरल्याण्ड्स विरुद्धको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा पाहुना टोली वेष्ट इण्डिज ७ विकेटले विजयी भएको छ । यो जितसँगै तीन खेलको श्रृंखलामा वेष्ट इण्डिजले १–० को अग्रता बनाएको छ ।
गएराति सम्पन्न पहिलो खेलमा नेदरल्याण्ड्सले दिएको २४१ रनको लक्ष्य वेष्ट इण्डिजले ४३।१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर शाई होपले शतकीय पारी खेले । उनले १३० बलमा १२ चौका र दुई छक्कासहित अविजित ११९ रन बनाए ।
एकदिवसीयमा होपको यो ११ औं शतक हो । त्यस्तै, शाम्रराह ब्रुक्सले ६०, ब्रेण्डन किंगले अविजित ५८ र कप्तान निकोलस पूरनले सात रनको योगदान दिए ।
नेदरल्याण्ड्सका लागि लोगानभान बीकले दुई र आर्यन दत्तले एक विकेट लिए । त्यसअघि एम्स्टेविनस्थित वीआरए ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको नेदरल्याण्ड्सले वर्षाका कारण ४५ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाएर २४० रन बनायो ।
उसका लागि तेजा निदामनुरुले अविजित ५८, विक्रमसिजत सिंहले ४७, म्याक्स ओदाउदले ३९, बासडी लीडेले १७, कप्तान पिटर सीलारले १४, स्कट इड्रवास, मुसा अहमदले १३र१३ र लोगानभान विकले ११ रन बनाए ।
वेष्ट इण्डिजका लागि अकिल होसेन, कायल मेयर्सले दुईरदुई, आदर्शन फिलिप, हेडन वाल्स र अल्जारी जोसेफले एकरएक विकेट लिए । वेष्ट इण्डिज र नेदरल्याण्ड्सबीचको दोस्रो खेल बिहीबार हुनेछ ।