Aamsanchar

नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

Author Image
बुधवार, जेठ १८, २०७९

पाँचौँ वरीयताका स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा गएराति भएको खेलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई हराउँदै नाडाल अन्तिम चारमा पुगेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले सर्बियन जोकोभिचलाई ६–२, ४–६, ६–२ र ७–६ को सेटमा हराए । अब नाडालले सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर ज्वेभरेभसँग खेल्ने छन् । जर्मनीका ज्वेभरेभले स्पेनका कार्लोसलाई हराएका थिए ।

नाडालले यसअघि १३औँ पटक फ्रेन्च ओपन जितिसकेका छन् ।

तस्बिर : एपी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 332

प्रतिक्रिया (०)

सम्बन्धित खबर