

भद्रपुर – काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो ।विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । ‘अब प्राविधिक जाँच गर्छौं’ प्रवक्ता सिटौलाले भने ।
नेपालमा अत्यन्तै पुराना जाहजहरु रंग रोकन गरेर चलाउदै आउने गरेको तथ्याङकले देखाएको छ । भर्खरै आईतबार तारा एयर को विमान मुस्ताङमा दुर्घटना भएको घटनाले हवायी यात्रा गर्ने यात्रुहरुमा भय रहेको छ । बुद्धको विमानमा आज भएको प्राविधिक समस्याले यात्रुहरुलाई झन त्रास बढाएको छ ।

Views: 777


