Aamsanchar

आफूहरुको पार्टीमा पहिचानको संकट देखिन थालेको छ : प्रचण्ड

Author Image
बुधवार, जेठ १८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको पार्टीमा पहिचानको संकट देखिन थालेको बताएका छन् ।

उनले स्थानीय तहका प्रतिनिधिलाई अभूमिखीकरण कार्यक्रममा यस्तो बताएका हुन् ।

“अघिल्लो कार्यकालमा कमान्ड कन्ट्रोलमा ल्याउने प्रयास गरेनौँ । स्वतः स्फूर्तरुपमा छाडिदियौँ । कतिपय पार्टी स्पिरिटअनुसार काम पनि भयो । लाइनअनुसार सेवाभावअनुसार काम पनि गर्नुभयो,” उनले भने, “कतिपयले गर्न सक्नुभएन । अहिले पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ । हुन त दस्तावेजमा क्रान्तिकारी हौं, विरासत पनि छ । भन्ने पनि गर्छौं हो पनि तर अरु संसदवादी पार्टी र माओवादीबीचको अन्तर मेटिँदै गएको छ । माओवादीका प्रतिनिधि अझ खराब हौं कि भन्ने जनतालाई पर्न थालेको छ ।”

Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर