Aamsanchar

अमेरिकाको एक मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु

Author Image
बिहिवार, जेठ १९, २०७९

काठमाडौं : अमेरिकाको ओक्लाहोमामा एक जनाले गोली चलाउँदा चार जनाको ज्यान गएको छ।   ओक्लाहोमाको मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। आक्रमणकारीको पनि आफ्नै गोली लागेर मृत्यु भएको छ।

ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए। ती व्यक्तिको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ।

डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो। अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडितहरू कर्मचारी र बिरामी दुवै रहेको बताए।

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई आक्रमणको जानकारी गराएको बताएको छ। गत हप्ता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो।

Views: 361

प्रतिक्रिया (०)

सम्बन्धित खबर