Aamsanchar

१९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालकाे विजयी सुरुवात

Author Image
शुक्रवार, जेठ २०, २०७९

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडे । नेपालकी सृष्टि जैशीले ३ विकेट लिइन । यस्तै अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२ र सृष्टि जैशीले पनि अविजित २३ रन जोडे । त्यस्तै सानु राजवंशी २१ रनमा आउट भइन् । कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिए ।

यो छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमूनिको महिला विश्व कपमा पुग्नेछ । अब नेपालले दोस्रो खेलमा भोलि यूएईसँग खेल्नेछ । यस्तै सोमवार भुटानसँग, मंगलवार थाइल्यान्डसँग र बिहीवार मलेसियासँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर