Aamsanchar

रोङ गाउँपालिकाको पहिलो निर्णय जनमैत्री

Author Image
शुक्रवार, जेठ २०, २०७९

रोङ । दोश्रो स्थानिय निर्वाचन पछि इलामको रोङ गाउपालिकाको पहिलो कार्यपालिकाको बैठकले नागरिकलाइ गुणस्तरिय सेवा प्रबाह दिने संकल्प गरेको छ ।
नागरिकहरुले प्रभावकारी सेवा नपाउदा सिङगो ब्यवस्ता,नेता र जनप्रतिनिधि कर्मचारीहरुप्रति नकरात्मक भाव देखाउने गरेको अवस्थामा गाउँपालिकाले नागरिकहरुलाइ चुस्त र दुरुस्त रुपमा सेवा प्रबाह गर्नको लागि के कसरी अगाडी बढ्न सकिन्छ भनेर प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र दहालको अध्यक्षतामा सबै शाखा प्रमुखहरु जनप्रनिनिधिहरु बुद्धिबीहरु रहने एक कार्यदल गठन गरि आगामी बजेट अधिबेसन अगाडी नै प्रतिबेदन तयार गरि चुस्त र दुरुस्त सेवा प्रबाहको मोडल तयार गरि कार्यन्वन गरिने भएको छ । गुणस्तरिय सेवा प्रबाहको लागि अधिकतम प्रबिधिको प्रयोग गरि सेवा प्रबाह छरितो बनाइने बैठाकले निर्णय गरेको छ ।

बैठकले गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले पदभार ग्रहण गर्दा गरेको ‘चुरे र पर्याबरण संरक्षण को लागि बृक्षारोपण र त्यसको आम्दामीबाट सामुदायिक बिद्यालयहरुको स्तरउननती’ कार्यक्रमको खाका तयार पार्न परामर्स दाताहरुको नियुक्ती गरी आवश्यक प्रकृया समेत अघि बढाइने भएको छ । अधिकांस चुरे क्षेत्र रहेको रोङ गाउपालिकामा रहेको परति जग्गामा संभब्यताको आधारमा बिभिन्न जडिबुटी लगायतको बृक्षरोपण गरेर भूक्षयको नियन्त्रण, खानेपानीको संरक्षण हरियाली वाताबरण सगै स्थानियबासीहरुको आय आर्जन समेत हुने भएकोले यो योजनालाइ दिर्घकालिन महत्वको निर्णय ठानिएको वनस्पती बिज्ञ समेत रहेका बहुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार दहालले बताए ।साथै बैठकले श्रोत अनुमान तथा बजेट निर्धारण समिति गठन गर्दै वडाको बजेटको सिमा निर्धारण पनि गरेको छ । राजस्व परामर्स समिति, योजना तथा सुपरिबेक्षण समितिको गठन समेत गरेको गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङबो सुवासले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 403

प्रतिक्रिया (०)

सम्बन्धित खबर