Aamsanchar

मेगालोडन सार्क यसकारण लोप भयो

Author Image
शनिवार, जेठ २१, २०७९

काठमाडौं – प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छ ।  महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रूर शिकारी ठूलो सेतो सार्कसँग खानाको लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो । ह्वेल र अन्य सिकारको लडाइले मेगालोडोनलाई तीस लाख वर्षअघि लोप हुनेतर्फ धकेलिएको हुनसक्ने सोधकर्ताहरूको भनाई छ ।समुद्री तहको परिवर्तनलगायतका वातावरणीय दबाबले पनि मेगालोडोनको लोपमा भूमिका खेलेको थियो । समुद्री सतहमा परिवर्तनका कारण वासस्थान गुमाउनेदेखि सिकारको कमी लोपका कारण भएको जनाइएको छ । धेरै वर्षअघि लोप भएको जनावरको खानेकुरा बुझ्नका लागि अन्तर्राष्ट्रिय अन्वेषकहरूले जीवित र मरेका सार्कहरूको दाँतका  जिङ्क आइसोटोपलाई एउटा माध्यमको रूपमा प्रयोग गरेका थिए । जीवित सार्कमा देखिएको रसायनिक संकेत र मेगालोडोनको दाँतको १३ जिवाश्मले यो सुझाव दिएको छ कि  खानेकुराको सञ्जालमा ठूला ह्वाइट सार्क र मेगालोडोनको समान स्थान थियो र सम्भवत उनीहरुले ह्वेल, डल्फिनएउटै खानेकुराका लागि संघर्ष गरेका थिए । जलवायु परिवर्तन र अन्य वातावरणीय दबाबसँगै खानेकुराको संघर्षका कारण उनीहरुको लोप भएको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ । जर्मनीको जोहानेस गुटेनबर्ग युनिभर्सिटीका प्राध्यापक थोमस टुटकेनले भने, ‘ दुवै जीवित हुँदा आधुनिक ठूलो सेतो सार्क र मेगालोडोन बीच समुद्रमा जलीय खाद्य स्रोतहरूमा प्रतिस्पर्धा थियो ।’ नेचर कम्युनिकेसन्समा प्रकाशित अनुसन्धानमा टिप्पणी गर्दै स्वान्सी युनिभर्सिटीकी क्याटालिना पिमिएन्टोले मेगालोडोनको थप रहस्य सुल्झाउन थप अध्ययन गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर