Aamsanchar

राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्छ : कमल थापा

Author Image
आइतवार, जेठ २२, २०७९

विराटनगर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् ।

विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने  बताएका हुन् ।‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ ,’ उनले भने ।पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि विराटनगर आएका थापाले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको बताउँदै राजसंस्था फर्कन सक्ने अवस्था नरहेको दाबी गरे ।थापाले नेपालको धरातलीय यथार्त र जनभावना अनुसार राजसंस्था पुनर्स्थापित हुनसक्ने सम्भावना शून्य भैसकेको दाबी गर्दै राप्रपाका नेता कार्यकर्तालाई भने, ‘यो अवस्थामा असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्न हुँदैन्, राम्रा एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहन्छ ।’

अर्को प्रशंगमा अध्यक्ष थापाले अहिले हिन्दु, बौद्ध र किरात धर्मप्रति संगठित रुपमा आतंक सिर्जना गरिएको र यो प्रकृयालाई रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा रहेको बताए ।

धार्मिक द्वन्द्व रोक्नका लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट घोषणा गर्नुपर्ने उनको  माग छ ।

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर