Aamsanchar

कनकाई उद्योग बाणिज्य संघ, निर्वाचन समितिद्वारा राजिनामा

Author Image
आइतवार, जेठ २२, २०७९

सुरुङ्गा । झापाको कनकाई उद्योग वाणिज्य संघको २०७८ फागुन २० गतेको वार्षिक साधारण सभाबाट निर्माण भएको निर्वाचन समितिले निर्वाचनको कार्यक्रम सम्पन्न नगरी राजीनामा दिएको छ ।

निर्वाचन समितिले पत्रकार भेटघाट मार्फत प्रेस विज्ञप्ती सार्वजनिक गर्दै संघको विधानमा रहेको परिच्छेद ८ को दफा ४३ को (ज) बमोजिम निर्णयमा पुगी आजैका मितिबाट लागु हुनेगरी निर्वाचन समितिबाट संयुक्त रुपमा राजीनामा दिएको जनाएको हो ।

निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुडाल, सदस्यद्वय लिलाप्रसाद भेट्वाल र त्रिलोचन उप्रेतीले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्ती मार्फत राजीनामा दिएको जनाइएको छ ।

निर्वाचनको कार्य सम्पन्न गर्न कार्यसमितिसँग सहयोग माग गर्दा परिच्छेद ८ को दफा ४३ को (छ) अनुसार निर्वाचन समितिलाई सहयोग प्राप्त नभएका कारण निर्वाचनको प्रक्रिया पूरा हुन नसकेको निर्वाचन समितिले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । संघको सर्वोच्च अंगका रुपमा रहेको आम उद्योगी व्यवसायीहरुको विशेष साधारण सभाले यसको छिनोफानो गर्नु पर्ने भएको छ ।

विवाद समाधानका लागि यसअघि संघको निर्वाचन समितिले संस्थाका पुर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष, सल्लाहकारसहित स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग भएको छलफलबाट सुझाव संकलन गरेको थियो ।

प्रारम्भिक चरणबाटै निर्वाचन समितिको गठन प्रक्रियादेखी हालसम्म पनि समितिको वैधतामाथि प्रश्न चिन्ह खडा हुँदै आएको बताइएको छ । त्यस्तै नवनिर्वाचित अध्यक्षबाट समेत निर्वाचन समितिको मान हानी हुने गरी सपथ ग्रहण, प्रमाणपत्र तथा पदभार समेत नलिई आँफू खुशी अध्यक्षको हैसियतबाट विभिन्न संघसंस्थामा उपस्थित जनाई शुभकामना दिने जस्ता कार्यहरु भएको साथै संघका सदस्यहरुले निवेदन पेश गरेको प्रमाणका आधारमा निर्वाचन समितिले आइतवारका दिन सरोकारवालाहरुको सुझाव संकलन गरेको हो ।

प्राप्त सुझावका आधारमा निर्वाचन समितिले आज संघको कार्यालयमा पत्रकार भेटघाट मार्फत प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन समितिको निर्णयलाई प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँदै राजीनामा दिएको हो । आफुहरुले निर्वाचन सम्पन्न भए लगत्तै पटक पटक नयाँ कार्यसमितिलाई सपथ र पदस्थापनाका लागि अनुरोध गर्दागर्दै पनि तोकिएको समय सिमा नाघिसकेका कारण विधानत राजीनामा दिनुपरेको निर्वाचन समितिका संयोजक चुडालले जनाएका छन् ।

उत्पन्न विषम परिस्थितीका कारण निर्वाचन समितिले वातावरण सहज बनाउँन सार्वजनिक रुपमा राजीनामा दिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
4
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 818

प्रतिक्रिया (०)

सम्बन्धित खबर