Aamsanchar

समाज प्रति उत्तरदायी शिखर साकोस, बनायो सार्वजनिक सौचालय

Author Image
आइतवार, जेठ २२, २०७९

बिर्तामोड । बिर्तामोडमा सार्वजनिक शौचालयको अभावलाई मध्ये नजर गरेर शिखर साकोसले भद्रपुर रोडमा रहेको आफ्नो कार्यलयमा अलग्गै निशुल्क सार्वजनिक शौचालय तयार पारेको छ ।

शिखरले निशुल्क सार्वजनिक सौचालय तयार पारेको साकोसका अध्यक्ष दिपेन्द्र राउतले बताए ।

विर्तामोडमा सार्वजनिक सौचालयको विषयमा पटक पटक छलफल भए पनि कुनै ठोस् निकास निस्किएको थिएन । शिखर साकोसले आफ्नो कार्यलयमा समुदायको लागि छुट्टै सौचालय तयार पारेपछि विर्तामोडको सार्वजनिक सौचालय अभावको केही हद सम्म भएपनि समस्या समाधान भएको छ ।

यसै गरी विर्तामोडका सामाजिक उत्तरदायित्व बहन गर्ने नीति भएका व्यवसायिक प्रतिष्ठान, बैंक वित्तिय संस्था, होटल रेष्टुरेन्ट, पेट्रोल पंपलयातका क्षेत्रले सार्वजनिक सौचालयको व्यवस्था मिलाउने हो भने बिर्तामोडको सार्वजनिक सौचालय समस्या पूर्ण रुपले समाधान हुने अध्यक्ष राउतको भनाई छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 472

प्रतिक्रिया (०)