Aamsanchar

मल नपाएर कृषक समस्यामा, सरकार हाइसन्चोमा

Author Image
मङ्गलवार, जेठ २४, २०७९

झापा । धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा झापाका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् ।

मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको अर्जुनधारा नगरपालिका–५ विहिबारेका देवेन्द्र थापाले गुनासो गरे । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, लक्ष्मीपुरमा नपाएपछि विर्तामोड पुगेर चर्को मूल्यमा खरिद गर्नुप¥यो”, थापाले भने, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि ।”

थपाले भने मकै गोड्ने बेलामा पनि मल पाईएन अहिले धान रोप्ने वेला भयो मलको अभाव उस्तै छ ।

मल खरिद गर्न तीन-चार पटक बजार धाउँदा पनि मल नपाएको अर्का कृषक देवीचरण गिरीले गुनासो गरे । धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । लक्ष्मीपुरका छविलाल लम्सालको पनि भनाई छ । ‘गोबर मलले मात्रै नहुने भएकाले रासायनिक मल आवश्यक पर्ने गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 480

प्रतिक्रिया (०)

सम्बन्धित खबर