Aamsanchar

नेपालकाे विश्व कप खेल्ने सम्भावना सकियो

Author Image
मङ्गलवार, जेठ २४, २०७९

काठमाण्डाै – १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ ।

मलेसियामा थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै ४० रनमा अलआउट भयो । नेपालकी श्रृष्टि जोशीले सर्वाधिक सात रन बनाइन् । यस्तै साना प्रविनले ६, अनु कडायतले पाँच, अञ्जली विश्वकर्मा, मनिषा उपाध्याय र कृतिका मरासिनीले तीन/तीन रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सात विकेट गुमाएर ८९ रन बनायो । बलिङतर्फ नेपालकी कृतिका मरासिनी र मनिषा उपाध्यायले दुई/दुई विकेट लिए ।

आजको हारसँगै नेपालको विश्व कपमा छनोट हुने सम्भावना सकिएको छ । तालिकामा नेपालले चार खेलमा दुईमा जित र दुई वटामा हार बेहोरेको छ । थाइल्यान्डले भने चार वटै खेल जितेको छ ।

यस्तै यूएईले तीन वटा खेलेकोमा सबैमा जितेको छ । नेपालले अन्तिम खेलमा पर्सि मलेसियासँग खेल्नेछ । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कपमा पुग्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 355

प्रतिक्रिया (०)

सम्बन्धित खबर