Aamsanchar

एक सातादेखि हराइरहेका ६ वर्षीय बालक झाडीमा मृत फेला

Author Image
मङ्गलवार, जेठ २४, २०७९

धनुषा – एक सातादेखि हराइरहेका एक बालक धनुषा–महोत्तरीको सीमावर्ती क्षेत्रमा मृतावस्थामा फेला परेका छन् । जेठ १७ देखि हराइरहेका सर्लाही जिल्लाको कबिलासी नगरपालिका वडा नम्बर ७ स्थित गैरबजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा टेन्ट तानेर बस्दै आएका जियाशरण बरहीका ६ वर्षीय छोरा राँकी बरही मृतावस्थामा फेला गरेका हुन् । धनुषा–महोत्तरीको सिमावर्ती क्षेत्र धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ स्थित बसबिट्टी र महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित रतौलीको सिमानामा पर्ने दुधमती नदीको छेउमा जमेको पानी भएको झाडीमा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिए । हराएकै दिन कसैले उनको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको आशंका छ ।बालकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने यस घटना विषयमा थप अनुसन्धान भईरहेको उनले बताए । जेठ १७ गतेको दिन एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको भन्दै परिवारजनले बलवा प्रहरी चौकीमा जानकारी गराउँदै खोजबीनका लागि निवेदन समेत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर