Aamsanchar

७० बर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ

Author Image
मङ्गलवार, जेठ २४, २०७९

बाँके- वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार राति नेपालगञ्ज–१८, कारकाँदोकी ७० बर्षीया लिलावति गुप्ताको सोही ठाउँका ३० बर्षीय शिव भन्ने कुमार बुढईले हत्या गरेको प्रहरीले जनाएको छ ।सामान किन्ने विषयमा भएको विवादका कारण वृद्धालाई कुटपिट गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारीले जानकारी दिए । कुटेर फरार भएका बुढईलाई गएराती नै नेपालगञ्ज –१५ को जमुनाहबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर