Aamsanchar

समाचार प्रभाव : बुद्धशान्तिका भुर्तेल घर फर्किने भए, छानामा ढलेको बिजुलिको पोल हट्यो

Author Image
बुधवार, जेठ २५, २०७९

बुद्धशान्ति । झापाको बुद्धशान्ति ४ स्थित कालिखोलाका तेजराज भुर्तेलको छाना माथी रहेको बिजुलीको पोल १४ महिनापछि पन्छिएको छ।अघिल्लो साल चैतमा आएको हुरिवतासले नजिकै रहेको पिपलको रुखसँगै ११ हजार के.वि.को तार सहितको पोल भुर्तेलको छानामा बज्रीएको थियो।

भुर्तेलले पटकपटक स्थानिय निकाय,प्रशासन, बिद्धुत प्राधिकरण र सामाजिक अगुवाहरुसँग पोल हटाईदिन अनुरोध र पहल गर्दा समेत उनको घरमा ढलेको विजुलीको पोल सम्वन्धित पक्षले उठाई दिएको थिए ।

कालिखोला डाँडामा चिया पसल संचालन गर्दै आएका भुर्तेल परिवार बिगत १४ महिनादेखि साघुरो घुम्तिमा गुजारा गर्न बाध्य थिए।

यस अघि आमसंचार डटकमले समाचार र भिडियो प्रकाशन गरेको थियो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन बुद्धशान्ति गाउँपालिकाले पनि पोल हटाईदिन भनेर प्राधिकरणमा ध्यानार्कषण पत्र पठाएको थियो ।

यो पनि पढनुहोस् ।पहुँच नपुग्दा बुद्धशान्तिका भुर्तेल परिवार घरबाट विस्थावित

बुधबार मध्याह्न नेपाल बिद्धुत प्राधिकरण फिक्कल शाखाबाट खटिएका कर्मचारीले तार र पोल पन्छाएपछि भुर्तेल परिवार पुन घर फर्किन पाएका छन् । १ बर्षपछि घर फर्कन पाएकोमा भुर्तेलले गाउँपालिका बिद्धुत प्राधिकरण र नवनिर्वाचित जनप्रतिनिधि हरुलाई धन्यवाद दिए।

यो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 687

प्रतिक्रिया (०)

सम्बन्धित खबर