Aamsanchar

भारतीय क्रिकेटर मिथालीद्वारा सन्न्यासकाे घाेषणा

Author Image
बुधवार, जेठ २५, २०७९

काठमाण्डाै – भारतीय महिला क्रिकेट टिमकी पूर्वकप्तान मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छिन् । ट्विटरमा एक विज्ञप्तिमार्फत उनले समर्थकहरूलाई उनीहरूको मायाका लागि धन्यवाद भनेकी छिन् ।

२३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा मिथालीले १२ टेस्ट, दुई सय ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ८९ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छिन् ।

३९ वर्षीया मिथालीले ६ पटक एकदिवसीय विश्व कप खेलेकी छिन् । सन् २००५ को विश्व कपमा मिथालीले पहिलो पटक टिमको नेतृत्व गरेकी थिइन् र भारत उपविजेता बनेको थियो । महिला क्रिकेटमा ‘सचिन तेन्दुलकर’ भनेर चिनिने मिथालीको विश्व कप जित्ने सपना भने अधुरै रह्यो ।

मिथालीलाई सन् २००३ मा अर्जुन पुरस्कार र सन् २०१७ मा विजडन लिडिङ वुमन क्रिकेटर इन द वर्ल्ड अवार्ड प्रदान गरिएको थियो । यस्तै उनलाई सन् २०१५ मा पद्म श्री र सन् २०२१ मा खेल रत्न पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर