Aamsanchar

ह्याप्पी ड्रिम्स चेप्टीको प्रेस विज्ञप्ती

Author Image
बुधवार, जेठ २५, २०७९

प्रेस विज्ञप्ती

इलाम जिल्लाको माई नगरपालिका–२ स्थित पर्यटकीय क्षेत्र ह्याप्पी ड्रिम्स चेप्टीका विषयलाई लिएर केही सञ्चार माध्यमहरु मार्फत चुरे वन क्षेत्रको जमिन भू–माफियाको गिरोहले कब्जा गरेको साथै सखुवा जातका रुखहरु काटेर पार्क निर्माण गरेको जस्ता कपोकल्पित मन गढन्ते विषयको समाचार सार्वजनिक भएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

पर्यटकीय क्षेत्रको विकास एवम् विस्तारको हिसाबले सबैको ध्यान केन्द्रित भएको ह्याप्पी ड्रिम्स चेप्टी हाइवेबाट करिब २२ किलोमिटर साथै पर्यटकीय क्षेत्र दोमुखाबाट आकाशेमार्ग हुँदै चार किलोमिटरको दूरीमा रहेको छ । करिब ४०० वर्षको इतिहास बोकेको चेप्टीको दक्षिणतर्फ सिस्ने, पूर्वमा आरुपानी जाली खोल्सी, उत्तरमा ढकने बोरेतला सिमले र पश्चिममा दूरपिनलगायत थुप्रै गाउँका स्थानीयले सदियौंदेखि बसोबास गरेको र धनीपूर्जा, बाटो, पिउने पानीको समस्याले पिडीत बनेको सर्वविदितै छ ।

धार्मिक तथा पवित्र स्थलका रुपमा माई नदीको काखमा रहेको चेप्टी अलिक फराकिलो उपत्यकाजस्तो क्षेत्रमा अवस्थित छ । यहाँको प्रत्येक गाउँ टोलमा १४ देखि ५० घर परिवारको बसोबास रहेको छ । जसमा लालपूर्जाको प्रक्रियामा गएको ९० प्रतिशत जमिन स्थानीय सरकारबाट समेत पहल भइरहेको जानकारीमा आइरहेको छ ।

यसैक्रममा ह्याप्पी ड्रिम्स चेप्टीले पार्क निर्माण गरेको ६० प्रतिशत जमिनसमेत ऐलानी रहेको अवगत गराउँदै जुन ऐलानी जमिन परापूर्वकालदेखि नै स्थानीयबासीबाट जोतभोग हुँदै आएको जमिन चेप्टीले जबरजस्ती कब्जा नगरेको समेत प्रष्ट पार्न चाहन्छु । जहाँसम्म वन क्षेत्रको नक्सामा भएको भनिएको ४५ रोपनी जमिनको कुरा छ, त्यो जमिन चुरे क्षेत्रकै भएको र त्यस जमिनलाई संरक्षण गरी सुनमा सुगन्ध छरेर सुरक्षितसँगले राखेको जानकारी गराउन चाहान्छु । पार्कसँग जोडिएको चुरे क्षेत्रको उक्त जमिन नदी कटान, भू–क्षय, बाढी, पहिरोजस्ता प्रकोपका कारण यस क्षेत्रमा बसोबास गर्ने अधिकांश स्थानीयबासीले यसको डरलाग्दो परिणाम भोग्नु परिरहेको विगतलाई स्मरण गराउन चाहान्छु ।

चुरे क्षेत्रको संरक्षणका लागि सरकारी संयन्त्रहरु समेत उदासिन बन्दै गएको अवस्थामा यसको विनासले स्थानीयस्तरमा प्रत्यक्ष रूपले वातावरणीय क्षेत्र तथा आर्थिक जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायसँग कानुनी प्रक्रिया पूरा गरी उपलव्ध भएसम्मको अनुभव र जनशक्तिको प्रयोग गर्दै यस ठाउँलाई माई नगरपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नु कुनै अपराध हो जस्तो लाग्दैन । बाढी पहिरोका कारण भू—क्षयमा परी ठूलो क्षति हुँदै आएको साथै यस जमिनको सुरक्षा र यहाँका हजारौं रुख विरुवाहरुको संरक्षण गरी त्यस क्षेत्रमा थप वोटविरुवा लगाउने कार्यका विरुद्ध गलत प्रचार गर्नु कत्तिको सान्दर्भिक हो रु

केही दिनअघि एक सञ्चार माध्यले पर्यटकीय स्थल चेप्टी क्षेत्रका रुख विरुवा ढालेको र वन बिनास गरेको भन्दै सार्वजनिक भएको समाचारको भिडियोमा देखाइएको ढलेको रुखको फुटेज चेप्टी क्षेत्रको नभई यहाँबाट ७ किलोमिटर टाढाको भएको साथै त्यस समाचारको भिडियो रिपोर्टमा चेप्टीको विषयमा बोल्ने कोही पनि व्यक्ति स्थानीयबासी नभएको समेत प्रष्ट पार्न चाहन्छु । ह्याप्पी ड्रिम्स चेप्टीको लक्ष्य जल, जमिन र जङ्गलको रक्षा गर्दै पर्यटन प्रवर्धन गर्ने हो, यसको लक्ष्य नष्ट गर्ने होइन । पार्क निर्माण गर्नु भनेको बोटविरुवा रोप्नु हो, काट्ने होइन भन्ने कुरालाई फेरि पनि अवगत गराउँदै भलायो, टाटरीजस्ता कु(काठलाई पनि लाखौ रुपैंयाँ खर्च गरेर यसको संरक्षण गरेको दृश्य पार्कमा अहिले पनि हेर्न सकिन्छ । पार्क निर्माण हुनुअघिको अवस्था र निर्माण सम्पन्न भई सञ्चालनमा आएको अवस्थालाई मूल्याङ्कन गरी ७ किलोमिटर टाढा भएका मानिससँग होइन, पर्यटकीय क्षेत्र चेप्टीको आसपासमा रहेका स्थानीयबासीको विचार नै बढी यथार्थ हुनसक्छ भन्ने हाम्रो बुझाई हो ।

स्थानीय सरकारका प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रतिनिधि साथै स्थानीयबासी समेतको उपस्थितिमा सर्जमिन भई कानुनको परिधिभित्र रहेर सञ्चालनमा आएको यस पार्कको विषयमा आएका समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु । स्थानीय स्रोत साधनको भरपुर सदुपयोग गरी माई नगरबासीलाई प्राथमिकतामा राखेर रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको ह्याप्पी ड्रिम्स चेप्टीका विरुद्धमा आएको समाचारप्रति खेद प्रकट गर्दै पर्यटन प्रवर्धनसँगै माई नगरपालिकाको समृद्धि तर्फ यथार्थताको धरातलमा उभिएर अघि बढ्न सम्बन्धित सबैलाई हार्दिक अपील गर्दछु । धन्यवाद ।

दिनेश शिवाकोटी
संचालकः हेप्पी ड्रिम्स प्रा।लि।
माई नगरपालिका २, चेप्टी इलाम

सशुल्क

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 765

प्रतिक्रिया (०)

सम्बन्धित खबर