Aamsanchar

इच्छाकामनामा पहिरो, मुग्लिङ-नारायणगढ सडक अवरूद्ध

Author Image
बिहिवार, जेठ २६, २०७९

पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ।

मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।

पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।

Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर