Aamsanchar

एएफसी एसियन कप छनोट : भारतद्वारा कम्बोडिया पराजित, सुनील क्षेत्रीले गरे २ गोल

Author Image
बिहिवार, जेठ २६, २०७९

काठमाडौं –सुनील क्षेत्रीको दुई गोलमा भारतले बुधबार राति एएफसी एसियन कप छनोटमा कम्बोडियालाई २–० ले हराएको छ । यससँगै सुनीलको अन्तर्राष्ट्रिय गोल संख्या ८२ पुगेको छ ।

कोलकातामा सम्पन्न खेलमा कप्तान सुनीलले १४औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । ३७ वर्षे सुनीलले ६०औं मिनेटमा दोस्रो गोल थपेपछि भारतले तीन अंक पक्का गरेको हो । अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्नेमा सुनील छैटौं स्थानमा छन् । हाल फुटबल खेलिरहेका मध्ये पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीमात्र सुनीलभन्दा अगाडि छन् । रोनाल्डोले ११७ गोल गरेका छन् भने मेसीले ८६ गोल गरेका छन् ।

जितसँगै भारतले छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । तीन अंक जोडेको भारत समूह ‘डी’को शीर्ष स्थानमा छ । सो समूहमा तीन अंक जोडेको हङकङ दोस्रो स्थानमा छ । हङकङले गएराति नै अफगानिस्तानलाई २–१ ले हराएको थियो ।

छनोट प्रतियोगिताको समूह ‘बी’मा फिलिपिन्स र यमनले गोलरहित बराबरी खेले भने प्यालेस्टाइनले मंगोलियालाई १–० ले हरायो । समूह ‘सी’मा थाइल्यान्डले माल्दिभस्लाई तथा उज्वेकिस्तानले श्रीलंकालाई समान ३–० को नतिजामा पराजित गर्यो । समूह ‘ई’मा बहराइनले बंगलादेशलाई २–० ले हराउँदा मलेसियाले तुर्किमिनिस्तानलाई ३–१ ले हरायो । समूह ‘एफ’ को ताजकिस्तानले म्यानमारलाई ४–० ले हराउँदा कीर्गिस्थानले सिंगापुरलाई २–१ ले हरायो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर