Aamsanchar

आँबुखैरेनी ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध

Author Image
शुक्रवार, जेठ २७, २०७९

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत  पर्ने उक्त ठाउँमा गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधन फर्काइएको उनले बताए । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

 

Views: 696

प्रतिक्रिया (०)

सम्बन्धित खबर