Aamsanchar

एमाले नेता योगेश भट्टराई बिर्तामोड नगरपालिकामा, प्रमुख, उप–प्रमुखलाई दिए बधाई

Author Image
शुक्रवार, जेठ २७, २०७९

झापा । नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिनु भएको छ ।

नगर प्रमुख पवित्रा महतरा प्रसाईंलाई बधाई दिदै एमाले नेता योगेश भट्टराई ।

शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको हो । भेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो । सांसद भट्टराईले नगरको विकासका लागि आफुले सदैव सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई बधाई दिदै एमाले नेता योगेश भट्टराई ।

भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई,प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो । एमाले सांसद तथा पूर्वमन्त्री भट्टराईलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

 

Views: 432

प्रतिक्रिया (०)

सम्बन्धित खबर