Aamsanchar

लालबन्दीमा भान्जाद्वारा आफ्नै मामाको हत्या

Author Image
शनिवार, जेठ २८, २०७९

सर्लाही : सर्लाहीको लालबन्दी–११, हीरापुरमा आज मध्यान्ह भान्जाले आफ्नै मामाको हत्या गरेका छन्। बारीमा काम गर्नेक्रममा भएको विवादमा ३१ वर्षीय भान्जा​ रवि विकले ४५ वर्षीय मामा अशोक विकको हत्या गरेका हुन्।

तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रविले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन्।

घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। प्रहरीले घटनामा संलग्न रविलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

काठमाण्डौंमा बस्ने रवि नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै घर आएका थिए। घर आएपछि रवि मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन गएका थिए।

मामा र भान्जाबीच भएको विवादको कारण खुल्न सकेको छैन्। सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले हत्यामा संलग्न रविलाई लालबन्दी प्रहरीको हिरासतमा राखी अनुसन्धान भइरहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 358

प्रतिक्रिया (०)

सम्बन्धित खबर