Aamsanchar

पत्रकार उपचार कोषमा उप्रेती परिवारको १ लाख १ हजार सहयोग

Author Image
शनिवार, जेठ २८, २०७९


झापा-  झापा कनकाई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।
शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष घोषणा समारोहमा उप्रेती दम्पत्तिले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरेका हुन् ।
अक्षयकोषका संरक्षकसमेत रहेका चिरञ्जीवी उप्रेतीले नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने  पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि कोषमा योगदान गर्न सहयोग गरेको बताए ।
महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा उप्रेती परिवारप्रति धन्यवाद ज्ञापन गरे ।
चिरञ्जीवी र ईश्वरादेवी अक्षयकोषका अध्यक्ष एकराज उप्रेतीले पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै सहभागीले प्रशंसा गरेका थिए ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–६का वडाअध्यक्ष दीर्घ थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार राम निरौलाले गरेका थिए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)