Aamsanchar

कनकाईका उप्रेती दम्पतीद्वारा ३० लाखको अक्षयकोष स्थापना

Author Image
शनिवार, जेठ २८, २०७९

दुर्गापुर। झापाको कनकाई नगरका समाजसेबी चिरञ्जीवी उप्रेती र श्रीमती इश्वरादेवी उप्रेतीले तीस लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । प्रत्येक बर्ष चार विधामा उत्कृष्ट व्यक्तित्वलाई पुरस्कृत गर्ने उद्धेश्यले उप्रेती परिवारले चिरज्जीवी–इश्वरादेवी अक्षयकोष स्थापना गरेका हुन् ।

उप्रेती परिवारले कनकाई नगरपालिका वडा नं. ६ मा शनिबार (आज) पत्रकार भेटघाटको आयोजना गर्दै अक्षयकोषको घोषणा गरेका हुन् । कोषको रकमबाट कनकाई नगरक्षेत्रभित्रको सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरी कक्षा १२ उत्तीर्ण गर्ने एक जना विद्यार्थी, भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यक्षेत्रभित्र बसोबास गरेका एक जना असल बुहारी, कनकाई नगरपालिका भित्रका एक जना उत्कृष्ट कृषक र झापा जिल्ला भित्र रहेर पत्रकारितामा उत्कृष्ट योगदान गर्ने एक जना पत्रकारलाई जनही ५१ हजार रुपैयाँका दरले पुरस्कृत गरिने कोषका अध्यक्ष एकराज उप्रेतीले बताए ।

हरेक बर्ष भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभाका दिन पुरस्कार वितरण गरिने कोषका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

कोषको प्रमुख संरक्षक चिरञ्जीवी तथा संरक्षक इश्वरादेवी उप्रेती र भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रहेका छन् । एकराज उप्रेतीको अध्यक्षतामा सदस्यहरु सुवासचन्द्र उप्रेती, कल्पना उप्रेती, डा। आयुष उप्रेती, हरि शिवाकोटी, बालकृष्ण सिटौला र सदस्य सचिव भरतकुमार थपलिया रहेको कोष व्यवस्थापन समिति रहेको छ ।

कार्यक्रममा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेल, उपप्रमुख तथा विशिष्ट अतिथि आशा शर्मा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, कनकाई वडा नं। ६ का वडाअध्यक्ष दीर्घबहादुर थापालगायतले अक्षयकोष स्थापना गरेर समाजमा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 1043

प्रतिक्रिया (०)

सम्बन्धित खबर