Aamsanchar

राष्ट्रका लागि सामाजिक योगदान, विर्तामोडमा ८३ जनाले दिए रगत

Author Image
आइतवार, जेठ २९, २०७९

बिर्तामोड । योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोड स्थित मुक्तिचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो समय झापा लगायतका विभिन्न अस्पतालहरुमा रगतको चरम अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदिप कुमार संग्रौलाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको सचिव सजु बुढाथोकीले जानकारी दिएकी छिन् ।

रक्तदान कार्यक्रम संगै संस्थाले तेस्रो स्थापना दिवसको अवसरमा बिर्तामोड स्थित परोपकार वृद्धाश्रमका माता पितालाई फलफुल र जुस वितरण गरेको संस्थाका प्रवक्ता विजय उप्रेतीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)