झापा । आज दिउँसो आएको हावापानीले चारआलीमा बिजुलीको पोल ढाल्दा विद्युत सेवा अवरुद्ध भएको छ ।
हावापानीले रुख लडेर बिजुलीको पोल ढालेको हो । पोल ढलेपछि स्वीच काटेर देउनियासम्म लाइन चालु गरिएको र क्रेन बोलाएर बिजुलीको पोल उठाउने प्रयास भइरहेको विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका इन्जिनियर विवभ पौडेलले बताए ।
अहिले चारआली क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ । उनले बिजुलीको पोल बनिसकेपछि चारआली क्षेत्रमा विद्युत सेवा सुचारु गरिने जानकारी दिए । हिजो पनि सुरुङ्गामा रुख लड्दा ६ वटा बिजुलीको पोल भाचिएको थियो । सुरुङ्गामा शुक्रबार राती देखि अवरुद्ध भएको विद्युत प्रसारण शनिबार साँझबाट मात्र सुचारु भएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 24