Aamsanchar

बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ

Author Image
आइतवार, जेठ २९, २०७९

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन् । आज बिहान पौने ६ बजे देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव कुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बन्चरो प्रहार गरी भाईको हत्या गर्ने देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर