Aamsanchar

दोस्रो टी–२० क्रिकेटमा भारतलाई जित्यो दक्षिण अफ्रिकाले

Author Image
सोमवार, जेठ ३०, २०७९

एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा पनि घरेलु टोली भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ ।

गएराति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृङ्खलामा २–० को अग्रता बनाएको छ । भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले ८१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, कप्तान टेम्बा बाभुमाले ३५ र डेभिड मिलरले २० रन बनाए । भारतका भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो ।

भारतका श्रेयस इयरले ४०, इशान किशनले ३४, दिनेश कार्तिकले ३० तथा हर्सल पटेलले १२ र अक्षर पटेलले १० रान जोडे । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए भने कागिसो रबडा, वायने पर्नेल, डिवाइन पेट्रोरियस र केशव महाराजले एकरएक विकेट लिए ।

पहिलो टी–२० खेल पनि दक्षिण अफ्रिकाले जितेको थियो । पाँच खेलको श्रृङ्खला खेल्न दक्षिण अफ्रिका भारत भ्रमणमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)

सम्बन्धित खबर