Aamsanchar

नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै

Author Image
मङ्गलवार, जेठ ३१, २०७९

काठमाडौं : कुवेतमा जारी एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपालले मंगलबार इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपाल अर्को बलियो प्रतिद्वन्द्वी इन्डोनेसियासँग मंगलबार राति १ बजे प्रतिस्पर्धा गर्दै छ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा घरेलु टोलि कुवेतलेसँग ४-१ को फराकिलो हार भोग्न बाध्य भएको थियो।

छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहँदै अंक तालिकाको पुछारमा रहेको छ। इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

कुवेतलाई हराएको इन्डोनेसिया जोर्डनसँग भने पराजित भएको थियो। समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउँदा उत्कृष्ट पाँच समुह उपविजेताले पनि एसियन कप खेल्ने छन्।

Views: 415

प्रतिक्रिया (०)

सम्बन्धित खबर