Aamsanchar

२५ वर्षीया एक महिलाको होटलमा शंकास्पद मृत्यु

Author Image
मङ्गलवार, जेठ ३१, २०७९

बुटवल – रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करिब १ बजे फेला परेकी छन् ।उनलाई राति २ बजे क्रिमसन अस्पताल मणग्राममा पुर्‍याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।मृतकका मामा अमृत गिरीले सुविना झुण्डिएको भनिए पनि माइती पक्ष र आफन्त कसैले नदेखेकाले शंकास्पद रहेको बताए । मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।माइती पक्षले भने कुटपीट गरेर हत्या गरी झुण्डिएको बहाना बनाएको दावी गरेका छन् । मृतककी फुपू क्षमा गिरीले शरीरभरि नीलडाम भएकाले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर