Aamsanchar

विश्वकप लिग २ मा नेपालले ओमानलाई जित्यो

Author Image
बुधवार, असार १, २०७९

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको हो ।

नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले ५६ रनको योगदान दिए । रोहित पौडेलले नटआउट रहँदै २६ रन बनाएर टिमलाई जीतसम्म डोर्‍याए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।

यसअघि करन केसीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ४६।५ ओभरमा मात्र १६३ रनमा सीमित बनेको थियो । केसीलाई कप्तान सन्दीप लामिछानेले ३ विकेट लिँदै राम्रो साथ दिए । ओमानका लागि कप्तान जीसन मक्सुदले ५२ तथा सन्दीप गौडले ४७ रनको योगदान दिए ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो । १५ खेल खेल्दै नेपालले ७ मा जीत, ७ मा हार र एक खेलमा बराबरी गर्दै १५ अंक बटुलेको छ । श्रोत रातोपाटी

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 390

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१