Aamsanchar

विश्वकपमा छनोट हुने अन्तिम देश बन्यो कोस्टारिका

Author Image
बुधवार, असार १, २०७९

कोस्टारिका २०२२ को कतार विश्वकपमा छनोट हुने अन्तिम देश बनेको छ। अन्तरमाहादेशीय प्लेअफमा कोस्टारिकाले न्युजिल्यान्डलाई १-० ले पराजित गर्दै विश्वकपमा स्थान बनायो। कोस्टारिकाको यो छैटौं र लगातार तेस्रो विश्वकप यात्रा हो।

कोस्टारिकाले पूर्व आर्सनल स्टार जोएल कम्पेबलले तेस्रो मिनेटमा गरेको एकमात्र गोललाई जोगाउँदा कतारको टिकट पक्का गरेको हो। न्युजिल्यान्डले भने खेलको अन्त १० खेलाडीमा रहेर गरेको थियो। सबस्टिच्युट खेलाडीका रुपमा मैदान छिरकेका कोस्टा बारब्रउसले फ्रान्सिसको कालभोमाथि फल गरेपछि उनी सिंधै रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए।

विश्वकप आगामी २१ नोभेम्बरबाट सुरु हुँदै छ। कोस्टारिकाले २०१० को च्याम्पियन स्पेनसँग २३ नोभेम्बरमा प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ।

विश्व वरीयतामा ३१ औं स्थानमा रहेको लुइस फर्नान्डो सुआरेजको कोस्टारिकाले समुह ‘इ’ मा रहेर प्रतिस्पर्धा गर्दै छ। उक्त समुहमा चारपटकको च्याम्पियन जर्मनी र जापान थप प्रतिद्वन्द्व का रुपमा रहेका छन्। जापानले खेलेका पाँच विश्वकप मध्ये ३ मा समूहचरण पार गरेको छ। त्यसैले कोस्टारिकाका लागि विश्वकपको समुहपनि चुनौतीपूर्ण मानिएको छ।

त्यसोत कोस्टारिकाले २०१४ को विश्वकपमा सनसनिपूर्ण प्रदर्शन गर्दै क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो। उसले समूहमा उरुग्वे, इटालि र इंग्ल्यान्डलाई पछि पार्दै समुह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। उसले अन्तिम १६ मा ग्रिसलाई पेनल्टी सुटआउटमा नै पराजित गर्दा क्वाटरफाइनलमा भने नेदरल्यान्डसँग पेनल्टीसुटआउटमा पराजित भएको थियो।

१ सय १ औं स्थानमा रहेको ओसियनिया विजेता न्युजिल्यान्डले भने कोस्टारिकालाई कडा चुनौती दिएकव थियो। तर केहि राम्रा अवसर सदुपयोग गर्न नसक्दा न्युजिल्यान्ड विश्वकपमा स्थान बनाउन असफल रह्यो।

सबै टिमको तय भएसँगै यस्तो बन्यो समूह

समूह ए: कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड

समूह ‘बी’: इंग्ल्यान्ड, इरान, अमेरिका, वेल्स

समूह ‘सी: अर्जेन्टिना, साउदी अरेबिया, मेक्सीको, पोल्यान्ड

समूह ‘डी’: फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

समूह ‘ई: स्पेन, कोस्टारिका, जर्मनी, जापान

समूह ‘एफ’: बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया

समूह ‘जी’: ब्राजिल, सर्विया, स्विटजरल्यान्ड, क्यामरुन

समूह ‘एच’: पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर