Aamsanchar

मोरङमा एक महिला आफ्नै घरभित्र मृत फेला

Author Image
बुधवार, असार १, २०७९

विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिका–६ शिवालय टोलकी एक महिला बुधबार आफ्नै घरभित्र मृत फेला परेकी छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ४५ वर्षीया काली दर्जी घरभित्र सुतेकै ओछ्यानमा मृत फेला परेको जानकारी दिए ।

उनका अनुसार घरमा मृतक महिला र उनका पति किशोर दर्जी मात्रै बस्दै आएका थिए ।

किशोर भने मंगलबार छोरीको घर गएको र आफ्नो घरमा भने महिला एक्लै बसेको पाइएको श्रेष्ठले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुधबार बिहान ११ बजेतिर आफ्नो घर फर्किएका किशोरले पत्नीलाई मृत अवस्थामा भेटेको खुलेको छ । घरमा आइपुगेर हेर्दा सुतेकै ओछ्यानमा पत्नीको शव देखेपछि उनैले प्रहरीलाई खबर गरेका हुन् । महिलाको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

दर्जी दम्पतीका ३ जना छोरी छन् । प्रहरीका अनुसार छोरीहरुको बिहे भइसकेपछि पति–पत्नी मात्रै घरमा बस्दै आएका थिए । महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर