Aamsanchar

अमेरिकाविरुद्ध नेपाल ३९ रनले पराजित

Author Image
बिहिवार, असार २, २०७९

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु टोली अमेरिकाविरुद्ध नेपाल ३९ रनले पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७।४ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ शेखले अर्धशतकीय पारी खेले । ७६ बलको सामना गरेका उनले तीन चौकाको मद्दतमा ६३ रन बनाए । आरिफले कठिन समयमा अर्धशतकीय पारी खेलेका हुन् । एकदिवसीय अन्तर्राष्‍ट्रियमा आरिफको यो तेस्रो अर्धशतक हो ।

त्यस्तै, सोमपाल कामीले ७२ बलमा एक चौकासहित ४७ रनको योगदान दिए पनि टिमलाई जित दिलाउन सकेनन् । उनी ४४ ओभरको अन्तिम बलमा रन आउटको सिकार भए ।

कुनै समय नेपाल ९३–५ को खराब अवस्थामा थियो । तर, छैटौं विकेटका लागि आरिफ र सोमपालबीच १ सय ६ रनको साझेदारी गरे । नेपालको तर्फबाट एकदिवसीयमा छैटौं विकेटका लागि यो हालसम्मकै ठूलो साझेदारी हो ।

सोमपाल र आरिफले कीर्तिमानी साझेदारी गरे पनि नेपाल फेरि फिनिसिङमा चुक्यो । अन्तिममा सात रन जोड्दा ५ विकेट गुमाएपछि नेपालले हार बेहोर्यो । नेपाल ४४।३ ओभरमा १९९–५ को अवस्थामा थियो । त्यसपछि नेपालको विकेट पतन रोकिएन ।

अमेरिकाविरुद्ध देख खनाल ३४, आसिफ शेख १८, रोहितकुमार पौडेल १६, कुशल भुर्तेल १०, दीपेन्द्रसिंह ऐरी सात, मोहम्मद आदिल आलम चार र करण केसी एक रनमा आउट भए । अमेरिकाका लागि सौरभ नेत्रावल्कर, अलि खानले तीनरतीन, निसर्ग पटेल नोशुतोष केन्जिङ्गेले एकरएक विकेट लिए ।

त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । उसका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्कासहित सर्वाधिक ५८ रन बनाए । त्यस्तै, सुशान्त मोदानीले ८३ बलमा सात चौकाको मद्दतमा ५४ रनको योगदान दिए ।

त्यस्तै, आरोन जोन्स ४३, साइतेजा मुक्कामल्ला ३६, नोशुतोष केन्जिङ्गे ९, कप्तान मोनांक पटेल चार रनमा आउट भए । नेपालका लागि करण केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एकरएक विकेट लिए । विश्वकप लिग–२ मा नेपालको यो आठौं हार हो ।

नेपालले अहिलेसम्म १६ म्याच खेल्दा सातमा जित र एक खेल बराबरी खेलेको छ । १५ अंकका साथ नेपाल तालिकाको पाँचौं स्थानमा छ । २४ खेलमध्ये ११ मा जित र १२ खेलमा हारसहित २३ अंकका साथ अमेरिका चौथो स्थानमा छ । उसले एक खेलमा अंक बाँडेको छ  । श्रोत फरकधार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१