खडेरी दिगो विकासको लागि सबैभन्दा ठुलो खतरा हो, विशेष गरी विकासशील देशहरूमा, तर विकसित राष्ट्रहरूमा पनि बढ्दो रूपमा खडेरीको प्रभाव कम छैन । सन् २०५० सम्म खडेरीले विश्वको तीन चौथाई जनसङ्ख्यालाई असर गर्न सक्छ भनी विभिन्न अध्ययन र पूर्वानुमानहरूले अनुमान गरेको छ ।
अघिल्लो दुई दशकको तुलनामा सन् २००० यता खडेरीको सङ्ख्या र अवधि २९ प्रतिशतले बढेको छ। विश्वभरि २.३ बिलियन भन्दा बढी मानिसहरू पहिले नै पानीको तनावको सामना गर्छन्, यो ठुलो समस्या हो।
बढ्दो मरुभूमिकरण र खडेरीविरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि हरेक वर्ष जून १७ तारिखमा विश्व समुदायले विश्व खडेरीविरुद्धको दिवस मनाउँदै आएको छ ।
कुनै पनि देश खडेरीबाट मुक्त छैन (UN-Water 2021)।
यस वर्ष, मरुभूमिकरण विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा ‘सँगै खडेरीबाट उठ्ने’ नाराले मानवता को लागि विनाशकारी परिणामहरूबाट बच्न प्रारम्भिक कार्यको आवश्यकतालाई जोड दिएको छ।
मरुभूमीकरण भनेको के हो ?
एक सामान्य गलत धारणाको विपरीत, ‘मरुभूमिकरण’ शब्दले केवल मरुभूमिलाई जनाउँदैन, यद्यपि यसले खेतीयोग्य भूमिमा बालुवाका अतिक्रमण समावेश गर्न सक्छ। बरु, मरुभूमि भनेको सुख्खा, अर्ध (सुक्खा र सुख्खा) उप-आद्रतायुक्त क्षेत्रहरूमा जमिनको निरन्तर क्षय हो। समयको साथ, यस्तो पतनले मरुभूमि जस्तै अवस्था सिर्जना गर्दछ र यसले खाधान्न सुरक्षालाई चुनौति दिन्छ ।
जमिनको उत्पादकत्व कम हुन गई एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने मानिसहरूको लर्को पनि संसारले धेरै देखेको छ । जमिनलाई माया गर्न सके जमिनले हामीलाई माया गर्छ । रुखलाई माया गरौँ अनि माटोको संरक्षणमा ध्यान पुर्याऔं । उर्वर जमिनमा लगानी गर्नाले भविष्यले आधार पाउँछ । जमिनको लगानी भनेको आना र धुर जग्गा किनेर केही समय राखेर घडेरीका रूपमा पुनः फाइदासहित बेच्नु भने पक्कै हैन । माटोलाई खनी–खोस्री रुख रोपी, कृषि गरी अनि खाद्य उत्पादनमा ध्यान दिनु महत्त्वपूर्ण हो । हामीलाई मरुभूमि होइन, हरियाली माटो चाहिएको छ, हैन र रु बादलले पानी बोकेर ल्याएर जमिन सिञ्चित गरिदिओस् । हरियालीले हामीलाई साथ नछोडोस् । अनि कङ्क्रिटका घरका साटो हरिया फाँटहरूको प्रशस्त वृद्धि होस् । बादल र जलका धाराबिच आत्मीय सम्बन्ध हुन्छ, अनि जहाँ बादल छन् त्यहाँ जलका धारा बगिरहने छन् । अनि जहाँ जलका धारा छन् त्यहाँ हरियालीले साथ छाड्ने छैन । माटोमा हरियाली अनि हरियालीमा जीवन अडिएको छ ।