Aamsanchar

झापा गोल्डकपद्वारा झापा फुटबल क्लबका २८ जना खेलाडी अफिसियलहरुलाई नगदसहित सम्मान

Author Image
शुक्रवार, असार ३, २०७९

बिर्तामोड । झापा गोल्डकपले झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई आज सम्मान गरेको छ । बिर्तामोडमा स्थित पाँचतारे होटल द किंसबेरीमा आयोजित कार्यक्रमका बीच खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरिएको हो ।

खेलाडी तथा अफिसियलको हौसलाका लागि नगदसहित सम्मान गरिएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताउनु भयो । अध्यक्ष बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई जनही ११ हजार रुपैयाँ प्रदान गरिएको छ । क्लबका खेलाडी तथा अफिसियल गरी २८ जना छन् ।

यस अघि जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो । ‘सी’बाट ‘बी’ मा बढुवा भएपछि झापा गोल्डकपले उनीहरुलाई सम्मानसहित नगद प्रदान गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताउनु भयो ।

झापा गोल्डकपले यस बर्ष आयोजित खेलबाट कम्तिमा ५० लाख बचत गर्ने लक्ष राखेको छ । रकम कवोल गर्नुहुने व्यक्ति तथा व्यवसायिक प्रतिष्ठान केही रकम उठिसकेको छैन, रकम उठने काम पनि भईरहेको छ । अब छिट्टै रकम जम्मा गरेर साधारण सभा गर्ने तयारीमा झापा गोल्डकप जुटेको छ । सोही साधारणसभामा सम्पूर्ण आय–व्यय सार्वजनिक गर्ने गोल्डकपमा कोषाध्यक्ष केदार गिरीले आमसंचारलाई बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सहभागीलाई झापा गोल्डकपका उपाध्यक्ष सुवास भट्टराईले स्वागत गर्नु भएको थियो।

कार्यक्रममा झापाली फुटबलका अगुवा जलकुमार गुरुङ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, वडाध्यक्ष मदन बुढाथोकी, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकाल लगायतले बोल्नु भएको थियो।

झापा फुटबल क्लबका खेलाडी तथा अफिसियलः

सञ्जय गुरुङ, टेकेन राना मगर, पेमा तामाङ, लक्ष्मण बेघा लिम्बू कप्तान, सुमन मगर, विशाल थिङ तामाङ, सञ्जोग मगर, मनिष योङहाङ, पारस कार्की, पुजन राई, विशाल खवास, सन्दीप लिम्बू, निखिल तामाङ, दिनेश मुर्मू, विश्वास सुब्बा, सिद्धार्थ अधिकारी, विक्रम राई, आशिष गुरुङ, शान्तिराम बस्नेत, युवराज तामाङ, खगेन्द्र बयलकोटी, विशाल राई ए, हरिबहादुर मगर ।

टिम व्यवस्थापकः पेम्बु गुरुङ, टिम सहायक व्यवस्थापकः गोपाल राई, मुख्य प्रशिक्षकः अंकुरकुमार खड्गी, गोलकिप्पर प्रशिक्षकः रोशन शाह ठकुरी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 533

प्रतिक्रिया (०)