बिर्तामोड । । झापाको कमल गाउँपालिका–५ पाडाजुगीमा रहेको सशस्त्र प्रहरी बल नेपाल, पाथीभरा जवान तालिम शिक्षालयबाट १ सय ७९ जना जवान दिक्षित भएका छन् । आज आयोजित दिक्षान्त समारोहमा (नं.१ बराह बाहिनी) पकली, सुनसरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक बाहिनीपति कमल गिरीले जवानहरुलाई दिक्षित गराएका हुन् ।
समय सापेक्ष नवीनतम् एवं संगीन सुरक्षा चुनैतीको सामना गर्न सक्ने गुणस्तरीय जनशसक्त उत्पादन गर्ने उदेश्यले दुई चरणमा आयोजना भएको ३४ हप्ते तालिममा सहभागीहरुलाई सैद्धान्तिक र व्यवहारिक पक्षमा तालिम दिईएको तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरिक्षक लोकेन्द्र सुवेदीले बताए ।
दुई चरणमा गरेर विभिन्न विधामा जम्मा ४८ जना प्रशिक्षकले प्रशिक्षण दिईएको अर्का तालिम प्रमुख प्रशिक्षक एकराज बुर्लाकोटीले जानकारी दिए ।
कार्यक्रममा दिक्षित भएका प्रहरी जवानहरुलाई अभिभावकले दज्र्यानी चिन्ह, टिका, माला लगाईदिएका थिए । सो समयमा विभिन्न जिल्लाबाट आएका अभिभावकहरुमा खुसीयाली छाएको थियो ।