Aamsanchar

सर्लाहीमा एक युवकको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला, कुकुरसहित विशेष टोली परिचालन

Author Image
मङ्गलवार, असार ७, २०७९

मलङ्वा : सर्लाहीको कविलासी नगरपालिकामा वडा नं ८ मा एक युवकको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको छ। हत्या गरिएका युवक सोही स्थानका राम केवल ठाकुरका अन्दाजी २३/२४ वर्षीय छोरा अमरेन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मलङ्वा सर्लाहीले जनाएको छ।

हत्या गरी अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा शव  फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको बुढाथोकीले बताए। अहिले कुकुरसहित विशेष टोली बोलाएर अनुसन्धान भइरहेको छ। थप अनुसन्धान पछि मात्र अन्य कुरा भन्न सकिने उनले उल्लेख गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर