Aamsanchar

हङकङसँग नेपाल पराजित

Author Image
मङ्गलवार, असार ७, २०७९

काठमाडौं – नेपाली राष्ट्रिय महिला टिमले मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो चौथो तथा समूह चरणको अन्तिम खेलमा हार बेहोरेको छ। नेपाल हङकङसँग ७ विकेटले पराजित भयो। पराजित भएसँगै नेपालले सेमिफाइनलमा प्रतियोगितामा उपाधिको दाबेदार मानिएको बलियो प्रतिस्पर्धी युएईविरुद्ध प्रतिस्पर्धा गर्ने तय भएको छ।

 

 

हङकङविरुद्ध पहिलो ब्याटिङ गर्दै नेपालले ११० रनको लक्ष्य दिएको थियो। जवाफमा हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै जित हासिल गर्‍यो। हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन्। अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबिडब्ल्यु आउट भइन् । ओपनर मेरिकालाई संगिता राईले आउट गरेकी थिइन्।

नताशा माइल्स २८ रनमा र तथा सानेज सहजाद ४ रनमा अविजित रहे। क्लेरी च्यान १७ रनमा संगिता राईबाट आउट भइन् । नेपालका लागि स्पिनर संगिता राईले सर्वाधिक २ विकेट लिइन्।

त्यसअघि मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रन बनाइन्। विन्दु रावल २३ र अप्सरी बेगमले २२ रन बनाए।

नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन नसक्दा नेपाललाई १०० रनको लक्ष्य गर्न पनि निकै कष्ट भएको थियो। खेलमा लगातार ६ विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो । हङकङका लागि चनका बेट्टीले सर्वाधिक २ विकेट लिइन्। मरियम बीबी र एलिशा हर्बडले १/१ विकेट लिए।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ। नेपाल यो खेलमा पराजित हुँदै सेमिफाइनलमा युएईको सामना गर्ने पक्का भएको छ। समूह ‘ए’ को विजेता युएई हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर