Aamsanchar

तुलसीपुरबाट महंगीको बिरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Author Image
मङ्गलवार, असार ७, २०७९

तुलसीपुर। महंगी नियन्त्रण र किसानलाई मलको आपुर्ति सहज बनाउन मागसहित जनता समाजवादी पाटी नेपाल तुलसीपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

जसपा तुलसीपुर नगर अध्यक्ष टोपबहादुर महताराले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई मूल्य वृद्धि नियन्त्र र रासायनिक मलको आपुर्तिमा सहजता ल्याउन मागसहित ज्ञापनपत्र बुझाउनुभएको हो ।

इन्धनको मूल्य आकासिदा नागरिकको दैनिकी अस्तव्यस्त हुन थालेकोले महंगी नियन्त्रण गर्न प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जसपा नगर अध्यक्ष महताराले बताउनुभयो ।

‘मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारीका विरुद्ध हामी छौँ ।’ ज्ञापनपत्रमा भनिएको छ–‘किसानलाई खेतीपाती गर्ने बेलामा रासायनिक मलको अभाव भइरहेको छ, यसको लागि किसानले सहजरुपमा मल पाउने वातावरण निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछौँ ।’

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर