

काठमाडौं –अभिनेत्री सुमी मोक्तानले सफल हिमाल आरोहण गरेकी छन् । सरौटो अभिनेत्री सुमीले ६ हजार ५८४ मिटर लामो चुलु इस्टको सफल आरोहण गरेकी हुन् ।

सुमी मंगलबार बिहानको ११ः५७ बजे चुलु इस्टको चुचुरोमा पुगेकी हुन् ।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मैले २०२२ जुन २१ मा ११ः५७ बजे माउन्ट चुलु इस्ट (६५८४ मिटर) आरोहण गरेँ । यो मेरो हिमाल यात्राको सुरुवात हो ।”


उनको क्याप्सनले अभिनेत्री सुमी अब निरन्तर हिमाल आरोहणको यात्रामा जाने तयारीमा रहेको संकेत दिन्छ ।मोडल तथा डान्सर सुमी मोक्तानले ‘२ रुपैयाँ’ चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेकी हुन् । तर उनको लिड अभिनय रहेको चलचित्र भने ‘सरौटो’ हो ।
Views: 353

