चारपाने । झापाको बाह्रदशी गाउँपालिका–६ बाह्रदशीमा रहेको कञ्चनगढ शिक्षा सदनमा बाल क्लव गठन भएको छ ।
शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रका बिच बाल क्लव गठन गरिएको हो ।
दुई बर्षे कार्य अवधि रहने गरि चौथो कार्यकाल का लागि विद्यार्थी अल्बिना गदाइलीको अध्यक्षयताामा ११ सदस्यीय बाल क्लब गठन भएको छ । गठित क्लवको कार्यसमिति पदाधिकारीको उपाध्यक्षमा सौरभ अधिकारी, सचिव आयुश्मा खतिवडा, सह–सचिव बिपल अधिकारी, कोषाध्यक्ष प्रनिस घोर्साइ चयन भएका छन् त्यसैगरी कार्यसमिति सदस्यहरुमा अरुण सग्रौंला, सिम्रन राउत, प्रज्ञा पुरी,अंशु उप्रेती, नुमा लिम्बू, खुसी श्रेष्ठ चयन भएको विद्यालयका संस्थापक जीवन पनेरुले जानकारी दिए ।
बाल क्लब गठन संगै बाल क्लबलाई परिचालन गर्नका लागि शिक्षकहरु मनिश पनेरु, सुश्मा लिम्बू र रेश्मा पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
बालबालिकाको हकहित, सुसंस्कार कायम, दुर्ववहार रहित विद्यालय साथै विभिन्न सार्वजनिक स्थानहरुको सरसफाइ जस्ता कार्यक्रमहरु संचालन गर्ने उदेश्य बाल क्लवको रहेको छ ।
बाल क्लव गठनका लागि सह–प्रधानाध्याक बिजय राई, शिक्षक सोम खनाललगाएतले सहजीकरण गरेका थिए ।