Aamsanchar

बालयौन दुराचार आरोपमा एक विद्यालय सञ्चालक पक्राउ

Author Image
शनिवार, असार ११, २०७९

पर्वत :  बालयौन दुराचार आरोपमा कास्कीका एक विद्यालय सञ्चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा रहेको ज्योति इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक ४८ वर्षीय रामचन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो।

कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले विद्यालय सञ्चालक शाहीले विद्यार्थीलाई यौन दुराचार गरेको भनी किटानी जाहेरी परेपछि शुक्रवार नियन्त्रणमा लिएको जानकारी दिए।

प्रहरी निरीक्षक खड्काले पक्राउ परेका शाहीविरुद्ध अप्राकृतिक मैथुन तथा बालबालिकासम्बन्धी कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर