Aamsanchar

आफन्तको घरमा पाहुना आएका झापाका नैनसिंह खेतमा मृत फेला

Author Image
आइतवार, असार १२, २०७९

विराटनगर – मोरङको उर्लाबारीस्थित आफन्तको घरमा पाहुना आएका एक जना वृद्ध आइतबार बिहान मृत फेला परेका छन्। झापाको दमक नगरपालिका–१ का अन्दाजी ६६ वर्षीय नैनसिंह विक बिहान ५:५० बजेतिर मृत अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नैनसिंह उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका थिए। उनको शव उर्लाबारी–१ कै नैनबहादुर विकको घरपछाडिको खेतमा घोप्टो परेको अवस्थामा फेला परेको डीएसपी श्रेष्ठको भनाइ छ।

नैनसिंहको मृत्युको कारण खुलिसकेको छैन। यद्यपि हिँड्ने क्रममा चिप्लिएर लडेका कारण मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। शव पोस्टमार्टमका लागि उर्लाबारीकै मंगलबारे अस्पताल पठाएर प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 587

प्रतिक्रिया (०)

सम्बन्धित खबर