

काठमाण्डाै – एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली अघि बिहान स्वदेश आइपुगेको हो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो।

यूएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको थियो ।

समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको यूएईले मलेसियालाई हराएर उपाधि जितेको छ । सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन सकेन।

Views: 319

