Aamsanchar

बाणिज्य संघले उठाएको मुद्धामा विर्तामोड नगरपालिकाले सहमती जनायो

Author Image
मङ्गलवार, असार १४, २०७९

बिर्तामोड । बिर्तामोड–५ स्थित बुधबारे हटियाका व्यवसायीहरुको बिद्युतको समस्या समाधान हुने भएको छ ।मंगलबार बिर्तामोड उद्योग वाणिज्य संघ, जग्गादाता तथा समस्या समाधानका लागि गठित कार्यदलसहितको सर्वदलीय बैठकले एक हप्ताभित्र ब्यवसायीहरुलाई बिद्युत ब्यवस्थापन गर्ने सहमति गरेको हो ।

नगरपालिकामा भएको बैठकले सात दिनभित्र बिजुली बत्ती बाल्ने व्यवस्था नगरपालिकाले मिलाउने सहमति भएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । यो निर्णयसँगै आफूहरुको आन्दोलन सफल भएको उनले दावी गरे ।

आगामी सात दिनभित्र कार्यपालिकाको बैठक बसेर भइरहेको मिटरबाट व्यवसायीहरुलाई बिजुली बत्ती बाल्ने व्यवस्था मिलाउने मौखिक सहमति भएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाको समस्या समाधानको लागि संग्रौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तत्कालीन गाविस भएको बेला निकालिएको मिटरबाटै सबै व्यवसायीहरुलाई बिजुली बत्ती पाउने व्यवस्था मिलाइने संयोजक संग्रौलाले जानकारी दिए ।

बैठकमा जग्गादाताको तर्फबाट टोरुप प्रसाईं, नेकपा एमाले नगर अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेसका तर्फबाट लक्ष्मी आचार्य, एकीकृत समाजवादीका नगर अध्यक्ष श्री सिटौला, राप्रपाकी नगर अध्यक्ष रन्जु प्याकुरेल, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । जेठ २८ गते नगरपालिकामा एक हप्ताभित्र समाधान खोज्न भन्दै ब्यवसायीहरुले संयुक्त निवेदन दर्ता गराएका थिए तर, नगरपालिकाले बेवास्ता गरेको भन्दै बिगत आठ दिनदेखि वाणिज्य संघको अगुवाईमा बिर्तामोड नगरपालिकाको गेटमा ब्यवसायीहरुले धर्ना दिँदै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 491

प्रतिक्रिया (०)

सम्बन्धित खबर