विराटनगर – अन्न भण्डारको उर्वरभूमि मानिने प्रदेश १ मा असारको दोस्रो सातासम्म १८ प्रतिशत मात्र धान रोपाइँ भएको छ। सबैभन्दा बढी मध्यपहाडी जिल्लामा २६ प्रतिशत र तराईका जिल्लामा १५ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय प्रदेश १ ले जनाएको छ ।

निर्देशनालयका कृषिविज्ञ नेत्रमणि काफ्लेका अनुसार तराईका तीन जिल्लामा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। हालसम्म ३३ हजार ७ सय ४५ हेक्टरमा धान रोपाइँ भएको छ। जुन १५ प्रतिशत हो। त्यसपछि उच्च पहाडमा १५.५५ प्रतिशत रोपाइँ भएको छ। तराईमा भदौ १५ सम्म धान रोपाइँ हुने गरेको कृषि अर्थविज्ञ काफ्लेले जानकारी दिए ।

सुनसरी मोरङ सिँचाइ योजनाको नहरमा पानी नछोड्नु र आकाशेपानीसमेत निरन्तर नभएकाले तराईमा धान रोपाइँ प्रभावित बनेको हो।
Views: 352

