Aamsanchar

रोटरी क्लव बिर्तामोडको अध्यक्षमा विमली

Author Image
बिहिवार, असार १६, २०७९

बिर्तामोड । रोटरी क्लव अफ विर्तामोडको अध्यक्षमा व्यवसायी ओमकृष्ण विमली चयन भएका छन् । रोटरी वर्ष सन् २०२२/२३ का लागि आज भएको रोटरी सभाले नयाँ कार्यसमितिको अध्यक्षमा विमलीलाई चयन गरेको हो ।

अध्यक्ष विमलीसहित रोटरी क्लवको वोर्डमा विभिन्न पदमा पदाधिकारीहरु पनि चयन भएका छन् ।

नव गठित वोर्डको आईपीपीमा नवीन गट्टानी रहेका छन् । रोटरीको नियम अनुसार निवर्तमान अध्यक्ष स्वत वोर्डको आईपीपी रहने भएकाले गट्टानी सन् २०२२/२३ का लागि आईपीपी भएका हुन् । त्यसैगरी रोटरी क्लवको निर्वाचित अध्यक्षमा बबिता गिरी,अध्यक्ष मनोनीत पदमा सुरेश अग्रवाल, उपाध्यक्ष प्रकाश शिवाकोटी,उपाध्यक्ष दीपक गिरी, सचिवमा सञ्जीव घिमिरे, कोषाध्यक्ष आमोद आचार्य, सह–कोषाध्यक्षमा सीए सुशील अग्रवाल चयन भएका छन् ।

क्लवको निर्देशकमा राजकुमार पोखरेल, निर्देशक सेवा परियोजना विनोद बस्नेत, निर्देशक क्लब प्रशासन निकिता गिरी, निर्देशक सदस्य मीनप्रकाश मैनाली, निर्देशक युवा सेवा डा. सन्ध्या राठी, निर्देशक सार्वजनिक छवि निर्मल भट्टराई, क्लब मेन्टर सुरेश बन्सल, क्लब प्रशिक्षक कुमार गिरी, सर्जेन्ट एट आर्म्स कुमार गिरी (जे), अध्यक्ष प्रशासन बिनिता गट्टानी, अध्यक्ष टिआरएफ पवन खेडिया, अध्यक्ष सेवा परियोजना अशोक धनुका, अध्यक्ष युवा शैलेन्द्र कुरुम्बाङ, अध्यक्ष सदस्य आशा आचार्य, अध्यक्ष सार्वजनिक छवि पार्वता खरेल विमली मनोनित भएका छन् ।

आफ्नो कमाईको केही हिस्सा समुदाय सेवामुखी काममा लगाउने उदेश्यले गठन भएको रोटरी क्लवले समाजमा विभिन्न कामहरु गर्दै आएको छ । नव अध्यक्ष ओमकृष्ण विमलीले केही दिनमै सामाजिक कार्य गर्ने घोषणा गरेका छन् । कस्तो काम भन्ने कुरामा टुङ्गो लागि नसकेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 400

प्रतिक्रिया (०)

सम्बन्धित खबर